निर्माणकार्य सुस्ताएपछि लेखनाथबासी आन्दोलित: शनिबार सडकमै रोपाई गर्ने तयारी
कास्की | असार ५, २०८१
लेखनाथ: पोखरा महानगरपालिका वडा नम्बर २७, ३० र ३१ मा पर्ने तालचोक-बेगनास सडकखण्डको निर्माण कार्य सुस्ताएपछि स्थानीय आन्दोलित बनेका छन् ।
आगामी चैत मसान्तसम्म निर्माणकार्य सकिनेगरी सम्झौता गरिएपनि निर्माण कम्पनीले चाँसो नदेखाएपछि सो क्षेत्रका स्थानीयहरु आन्दोलिन बनेका हुन् ।
स्थानीय बासिन्दाहरुले आगामी शनिबार बिहान ८ बजे (८ गते) विरोध प्रदर्शन गर्दै सडकमै (तालचोकस्थित एनआइसी बैंक अगाडि) रोपाईजात्रा गर्ने तयारी रहेको संयोजक सन्दीप पौडेलले जानकारी दिए ।
उनका अनुसार घाम लाग्दा धुलाम्मे र वर्षातको समयमा हिलाम्मे भएपछि स्थानीयले सास्ती खेप्दै आउनुपरेको छ ।
संयोजक पौडेलले सडक निर्माणका लागि वल्र्ड बैंकको बजेटमा महानगरले स्वछन्द निर्माण कम्पनीलाई ७८ करोडमा सम्झौता गरेको जानकारी दिए ।
यद्यपी अहिले निर्माणको कामले तिब्रता पाएको छैन ।
‘अहिले ७/८ जनाले मात्रै काम गरेका छन्, बर्षातको समय छ । बाटो पुरै हिलाम्मे छ । जताततै तालै ताल छ । यसरी त चैत मसान्तमा सकिने छाँट छैन, उनले भने, ‘त्यसैले हामीले विरोध गर्दै रोपाई गर्ने तयारी गरेका हौं ।’
विरोध कार्यक्रमका लागि स्थानीय टोल विकास समिति, आमा समूह, क्लब तथा विभिन्न संघ संस्थाहरुले ऐक्यबद्धता जनाएको पौडेलले बताए ।
उनले उक्त विरोध कार्यक्रममा मेलमार्फत प्रदेश तथा संघीय सांसदलाई कार्यक्रममा उपस्थितिका लागि पत्र पठाएको जानकारी दिए ।
उनका अनुसार गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, संघीय सांसद मन बहादुर गुरुङ र जीवन परियारलाई पत्र पठाइएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

